लहान- हिउँदे बाली लगाउने समयमा रासायनिक मलखादको अभाव हुँदा सिरहाका किसानहरू चिन्तित बनेका छन्।
धानखेती स्याहार्दै गरेका किसानहरू तोरी, मसुरो दाल, आलु, गहुँलगायत हिउँदेखेती गर्ने तयारीमा रहेका बेला सिरहामा रासायनिक मलखादको आभाव भएको हो।
सरकारले कृषि सामग्री कम्पनीमार्फत जिल्लामा आपूर्ति गर्ने मलखाद यसपालि समयमा नआउँदा अभाव भएको कृषि सामग्री कम्पनी लहानले जनाएको छ।
स्टोरमा युरिया र पोटास केही मात्रामा रहे पनि डिएपी मल सकिएको कम्पनीले जनाएको छ।
रासायनिक मलको अभावमा हिउँदे बाली बिग्रिने हो कि भने चिन्ता बढेको किसानले बताएका छन्। बजारमा गुणस्तरीय मल छैन, सिरहाको नहरा सिगौलका किसान सत्रुधन यादवले भने, 'कृषि सामग्री कम्पनीमा जाँदा मलखाद आएको छैन, भन्दै फर्काउँदै आएको छ।'
अन्न भण्डारका रूपमा चिनिने सिरहामा सिँचाइको समस्या त छँदैछ त्यसमाथि मलखादको समेत अभाव हुदाँ खेतीपाती गर्न समस्या भइरहेको किसानको गुनासो छ।
जिल्लामा मलको अभाव भएपछि किसान भारतबाट गुणस्तरहीन मलखाद ल्याउन बाध्य छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।