• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

मापदण्डविपरीत भर्ना : विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने ४२ कलेज 

64x64
नेपाल लाइभ बुधबार, चैत २०, २०७५  ०७:१५
1140x725

काठमाडौं– पोखरा विश्वविद्यालयबाट सम्बन्धन लिएका ४२ कलेजमा अध्ययनरत स्नातक तह व्यवस्थापन संकाय पहिलो सेमेस्टरका ३ सय  ९१ विद्यार्थीको भविष्य अन्योलमा पर्ने भएको छ। 

राजधानीका नाम चलेका कलेजसहित उपत्यका बाहिरका ती कलेजले आम्दानी बढाउनका लागि मापदण्डविपरीत बढी विद्यार्थी भर्ना लिएको खुलेका हो। मापदण्डविपरीत भर्ना भएका विद्यार्थीले परीक्षा दिन नपाउने भएपछि कलेज सञ्चालकले विश्वविद्यालयका पदाधिकारीलाई प्रभावमा पारी निर्धारित परीक्षा तालिका अनिश्चितकालका लागि स्थगित गर्न सफल भएका छन्। 

परीक्षा गत शुक्रबारदेखि सुरु हुने तालिका विश्वविद्यालयले सार्वजनिक गरेको थियो। तर, कलेज सञ्चालकले राजनीतिक दबाब र प्रभावमा परीक्षा स्थगित गराएका हुन्।

परीक्षा सुरु हुनु एक दिनअघि पोखरा विश्वविद्यालयले सूचना प्रकाशित गरी ‘विशेष कारणवश’ स्थगित गरिएको उल्लेख गरेको छ। 

कलेजहरुले विश्वविद्यालयले बनाएको मापदण्डलाई कुल्चँदै विद्यार्थी भर्ना गरेका थिए। गत जेठमा बसेको विश्वविद्यालयको प्राज्ञिक परिषद्को ६८औं बैठकले विद्यार्थी भर्नाका लागि न्यूनतम मापदण्ड तय गर्ने निर्णय गरेको थियो। विश्वविद्यालयले सामाजिक शास्त्रका डिन प्राध्यापक इन्द्रप्रसाद तिवारीको संयोजकत्वमा गठन गरेको समितिले भर्नाका लागि न्यूनतम मापदण्ड सिफारिस गरेको थियो।

व्यवस्थापन संकाय डिनको कार्यालयले सोही समितिले गरेको सिफारिसका आधारमा कलेजहरुलाई गत साउन १० गते नयाँ मापदण्डबारे जानकारी गराएको थियो। उक्त मापदण्डमा कक्षा ११ र १२ मा न्यूनतम ‘सी’ ग्रेड ल्याउनुपर्ने उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

 उक्त मापदण्डमा स्नातक तहका सबै कार्यक्रमका लागि न्यूनतम योग्यता ‘सी’ ग्रेड कायम गरिएको छ। विश्वविद्यालयले बनाएको उक्त मापदण्डविपरीत कलेजहरुले भने ‘डी’ ग्रेड ल्याउने विद्यार्थीलाई पनि स्नातक तहमा भर्ना गरेका थिए। भर्ना र मासिक शुल्कबापत कलेजहरुले मोटो रकम असुलेको विद्यार्थीहरु बताउँछन्। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मीनेन्द्र रिजाल अध्यक्ष रहेको एपेक्स कलेजले न्यूनतम योग्यता नपुगेका सबैभन्दा बढी विद्यार्थी भर्ना गरेको पाइएको छ। उक्त  कलेजले स्नातक तहमा भर्ना हुनका लागि आवश्यक योग्यता नपुगेका २१ विद्यार्थीलाई भर्ना गरेको छ। 

उक्त कलेजका प्रिन्सिपल एलपी भानु शर्माले मापदण्डका विषयमा कलेज र विश्वविद्यालयको बुझाइमा फरक परेकाले समस्या निम्तिएको बताए। प्राज्ञिक परिषद्ले हाल आएर औसतमा ‘सी’ ग्रेडलाई फरक तरिकाले व्याख्या गरेको उनले तर्क गरे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘कालो हो भनी लेखिएकोलाई फरक व्याख्या गरी आधा कालो/आधा सेतो भन्नु त ठिक भएन नि,’ उनले भने, ‘अपव्याख्या सच्याउने विश्वविद्यालयले प्रतिबद्धता जनाएको छ।’ 

शर्माले व्याख्या गरेअनुरुप प्राज्ञिक परिषद्को मूल्यांकन प्रणाली भने देखिँदैन। प्राज्ञिक परिषद्ले गरिएको निर्णयमा व्यवस्थापन संकायमा भर्ना हुन प्लस टूमा न्युनतम ‘सी’ ग्रेड ल्याउनु अनिवार्य छ। 

पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक हरिबहादुर खड्का एपेक्स कलेजका प्रिन्सिपलको तर्क मान्न तयार छैनन्। 

डिन खड्काले प्राज्ञिक परिषद्ले यसअघि गरेको निर्णयको अपव्याख्या नगरिएको प्रस्ट्याए। उनले भने, ‘विश्वविद्यालय दीक्षान्त समारोह सक्ने कार्यमा लागेको छ। त्यो कार्यक्रम पूरा भएपछि यस विषयमा छलफल हुनेछ।’ खड्काले कुन रुपमा अघि बढ्ने अहिले नै भन्न नसकिने बताए। 

प्राज्ञिक परिषद्को गत साताको बैठकले पूर्वनिर्धारित मापदण्ड हेरफेर नगर्ने जनाएको छ। मापदण्ड मिच्ने कलेजलाई कारबाहीका विषयमा भने उनी बोल्न चाहेनन्। साबिकको व्यवस्थाले ३ सय ९१ विद्यार्थीले परीक्षा दिन नसक्ने भने उनले प्रस्ट पारे।

पोखरा विश्वविद्यालयले सम्बन्धन दिएका कुल ५८ मध्ये इन्जिनियरिङ अध्यापन गराउने बाहेकका अधिकांश कलेजले निर्धारित प्रावधानलाई मिचेका हुन्। 

स्नातक तहको पहिलो सेमेस्टरको परीक्षा दिन नपाउने विद्यार्थीहरु व्यवस्थापन समूहका छन्। तोकिएको मापदण्ड पूरा नगरी विद्यार्थी भर्ना गरेका राजधानी मोडेल कलेजका प्रिन्सिपल केपी पन्तले पनि विश्वविद्यालकै कमजोरी देखाएका छन्। 

भर्ना भएका विद्यार्थीमध्ये ३ सय ९१ जनाले परीक्षा दिन नपाउने विश्वविद्यालयले निर्णय गरेसँगै स्नातक तहको परीक्षा अवरुद्ध भएको हो। कलेजहरुले परीक्षा प्रवेशपत्र वितरण गरिसकेपछि परीक्षा स्थगित गरिएपछि ती विद्यार्थीहरु अन्योलमा परेका छन्।

आवश्यक न्यूनतम योग्यता नपुगी भर्ना गरिएका ३ सय ९१ विद्यार्थीहरुले भने प्रवेशपत्र पाएका थिएनन्। एपेक्स कलेजमा अध्ययरत एक विद्यार्थी भन्छन्, ‘हामीलाई झुक्याएर कलेजले भर्ना गरेको बुझ्यौं। हाम्रो भविष्यको जिम्मेवारी कलेजले लिनुपर्छ। 'डी' प्लस ग्रेडले पनि भर्ना पाउँछन् भनेपछि हामी भर्ना भएका हौं।’

प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले कलेज र विश्वविद्यालयका पदाधिकारीलाई कारबाहीको माग गर्दै आन्दोलन गरिरहेको छ। सत्तापक्षका विद्यार्थी संगठन भने यस विषयमा मौन देखिएका छन्। 

नेविसंघको पोखरा विश्वविद्यालय इकाइका विद्यार्थी नेता नवराज त्रिपाठीले कलेजहरुले मोटो रकम लिएर भर्ना गरी विद्यार्थीको भविष्य अनिश्चित बनाएको बताए। अर्का एक विद्यार्थी नेताका अनुसार कलेज सञ्चालकहरुले यसअघिका वर्षहरुमा पनि विश्वविद्यालयलाई अनुचित प्रभाव पार्दै आएका थिए। उनले भने, ‘यसपटक विश्वविद्यालय अडानमा कायम रहेकाले परीक्षा स्थगित गर्ने अवस्था बन्यो।’

विश्वविद्यालयका डिन खड्काले मापदण्डविपरीत भर्ना गरेका कलेजलाई कारबाही हुने संकेत गरे। ‘कलेजले जबरजस्ती भर्ना गरेर विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको देखियो,’ उनले भने, ‘मापदण्डविपरीत भएका भर्नामा सम्झौता हुँदैन।’

मापदण्ड मिच्ने कलेजहरु 
१, एपेक्स कलेज, मध्य बानेश्वर
२, साइम कलेज, काठमाडौं
३, राजधानी मोडल कलेज, काठमाडौं
४, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, काठमाडौं
५, लिबर्टी कलेज, काठमाडौं
६, युनिग्लोब कलेज, काठमाडौं
७, स्किम्स कलेज, काठमाडौं
८, वृहस्पति कलेज, भैरहवा
९, तिलोत्तमा कलेज, रुपन्देही
१०, भिएस निकेतन, तीनकुने
११, नेसनल ओपन कलेज, काठमाडौं
१२, ला ग्रान्डी कलेज, पोखरा
१३, क्रिमसन कलेज, रुपन्देही
१४, अक्सफोर्ड कलेज, नवलपरासी
१५, नास्ट कलेज, कैलाली
१६, नोबेल कलेज, सिनामंगल
१७, व्रिक्टन कलेज, कञ्चनपुर
१८, एक्सेल कलेज, बानेश्वर
१९, एटलान्टिक कलेज, सामाखुसी 
२०, एक्सिस कलेज, बुटवल
२१, सिद्धार्थ इन्टरनेसनल कलेज
२२, कामाद कलेज, सुकेधारा
२३, सिटिजन कलेज, सातदोबाटो
२४, एक्सेल बिजनेस कलेज, काठमाडौं
२५, क्षितिज इन्टरनेसनल, बुटवल
२६, क्वेष्ट कलेज, काठमाडौं
२७, अल्पाइन कलेज, बाँके
२८, प्लाटिनम म्यानेजमेन्ट कलेज, कालिकास्थान
२९, एमआइटी कलेज, कञ्चनपुर
३०, भिक्टोरिया कलेज, दाङ
३१,नेपाल वेस्टर्न म्यानेजमेन्ट कलेज, कैलाली
३२, रिट्ज हस्पिटालिटी एन्ड म्यानेजमेन्ट कलेज, ललितपुर
३२, सहिद रामनाथ कलेज, बालाजु
३३, वोस्टर्न इन्टरनेसनल, भरतपुर
३४, बुटवल मोडल कलेज ,रुपन्देही
३५, अपोलो इन्टरनेसनल, बानेश्वर
३६, अर्थभ कलेज, महाराजगन्ज
३७, शुभश्री एकेडेमी, तीनकुने
३८, मेधावी कलेज, शंखमुल
३९, भ्याली स्टेट कलेज, चितवन
४०, नर्भिक कलेज, हात्तीसार 
४१, सेन्ट्रल कलेज, सिनामंगल
४२, एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट

प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  ०७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्