बिदुर- नुवाकोटमा रहेका १२ स्थानीय तहमध्ये ५ स्थानीय तहमा बैंक तथा वित्तीय संस्था नहुँदा आर्थिक कारोबार गर्न कठिनाइ भएको छ।
जिल्लाका किस्पाङ, तार्केश्वर, शिवपुरी, सूर्यगढी र पञ्चकन्या गाउँपालिकामा बैंक तथा वित्तीय संस्था छैनन्। बैंक नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलाई आर्थिक कारोबार गर्न समस्या भएको हो।
सरकारले सबै स्थानीय तहमा एउटा वाणिज्य बैंक स्थापना गर्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन नहुँदा आर्थिक तथा वित्तीय कारोबारका लागि जिल्लाको सदरमुकाम तथा अन्य स्थानीय तहमा जानुपर्ने वाध्यता छ।
बैंकको काम लिएर जिल्लाका पाँच गाँउपालिकाका स्थानीयबासी चार घन्टासम्मको बाटो हिँडेर सदरमुकाम विदुर धाउँछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।