• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

सिनामंगलमा विश्वकै फरक एभिएसन संग्रहालय

64x64
नेपाल लाइभ शनिबार, कात्तिक १८, २०७४  २०:०४
1140x725

काठमाडौँ – एक व्यक्तिको रु सात करोडको लगानीमा काठमाडौँको सिनामंगलमा विश्वकै फरक हवाई उड्डयन संग्रहालय ‘एभिएसन म्युजियम’ खुलेको छ। 

इन्डोनेसियाली विमान ‘लायन’का क्याप्टेन वेद उप्रेतीले सञ्चालनमा ल्याएको उक्त म्युजियम विश्वकै फरक र अनौठो मानिएको छ। 

टर्किस एयरको एयरबस–३३० लाई एभिएसन म्युजियम बनाइएको हो । करिब रु २५ अर्ब ६४ करोड पर्ने उक्त अत्याधुनिक एयरबस काठमाडौँमा अवतरण गर्ने क्रममा विसं २०७१ फागुन २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको छेउमा चक्का धसिई ग्राउण्डेड भएको थियो । सो विमानलाई उप्रेती ट्रष्टले खरिद गरी नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग सहकार्य गरेर संग्रहालय बनाएको हो। 

जम्मा आठ महिना उडेको उक्त विमान अत्याधुनिक र एकदमै महँगो एयरबस हो । एयरबस–३३० अहिलेसम्म कुनै पनि एभिएसन संग्रहालयमा राखिएको छैन । विश्वकै ठूलो एभिएसन संग्रहालय संयुक्त राज्य अमेरिकाको वासिङटन डिसीमा रहेकोे छ, तर यति महँगो एयरबस– ३३० अहिलेसम्म कतै राखिएको छैन, जुन नेपालका एक व्यक्तिको पहलले सफल भएको छ। 

“चारसय ४० जना यात्रु क्षमताको यो वाइडबडी विमान विश्वकै आधुनिक हो । पच्चीस अर्बभन्दा बढी महँगो विमान अमेरिकाले पनि राख्न सकेको थिएन, कसैले खरिद गर्ने हिम्मत पनि गर्न सक्दैन”– उप्रेतीले भने।

राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय नागरिक उड्डयनका क्षेत्रमा स्थापित विमानचालक उप्रेतीले स्थापना गरेको संग्रहालयले नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। 

उड्डयन क्षेत्रमा युवा पुस्तालाई आकर्षण गर्ने र पर्यटनको नयाँ गन्तव्य स्थापित गर्ने उद्देश्यले एभिएसन संग्रहालय शुरु गरिएको क्याप्टेन उप्रेतीको भनाइ छ। 

प्रत्येक बिहान १० देखि साँझ ५ बजेसम्म खुल्ने सो संग्रहालय अवलोकनका लागि नेपालीलाई रु ३०० र विदेशीलाई रु ६०० शुल्क तोकिएको छ । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई निःशुल्क र विद्यार्थी परिचयपत्र हुने अन्यलाई ५० प्रतिशत छुटको व्यवस्था गरिने ट्रष्टले जनाएको छ । हाल एक महिनासम्म विद्यार्थीलाई रु १२५ मा प्रवेश दिइनेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

विद्यार्थीका लागि मात्र उद्घाटन भनिएको म्युजियमको चाँडै औपचारिक उद्घाटन गरिने ट्रष्टले आज एक पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। 

पत्रकार सम्मेलनमा क्यानका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठले युवा पुस्तालाई आकर्षण गरी एभिएसन क्षेत्रमा नयाँ जनशक्ति उत्पादन गर्ने उद्देश्यले क्यानले म्युजियममा सहकार्य गरेको बताए।  

क्यानको सिनामंगलस्थित आठ हजार वर्ग फिट जग्गामा उक्त म्युजियम बनाइएको हो । दशवर्षे साझेदारी रहेको म्युजियमले मासिक प्रतिवर्गमिटर रु ६०० तिर्नुपर्नेछ। 

एभिएसन म्युजियममा के छ ?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एभिएसन म्युजियमभित्र राइट ब्रदर्सको पालादेखि अहिलेसम्मका ३५० भन्दाबढी ‘मिनिएचर’ मोडेल एयरक्राफ्ट राखिएको छ । एयरबस–३३० को ग्लास ‘ककपिट’, आधुनिक युद्धक विमान, सयौँ व्यापारिक एयरलाइन्सका विमान, नेपालको हवाई सेवा र नेपाली आकाशमा उडेका जहाज, इक्वीरेल हेलिकोप्टर आदिबारे कैयौँ ज्ञानवद्र्धक जानकारी उपलब्ध छ। 

त्यसैगरी, एभिएसनको इतिहास, नेपालका महत्वपूर्ण प्राकृतिक सम्पदा, धार्मिकस्थलका तस्वीर समेटिएको एरियल फोटोग्राफी ९आकाशबाट खिचेका तस्वीर० प्रदर्शनी गरिएको छ । आगामी रणनीतिसम्बन्धी वृत्तचित्र र नेपालको फिस्टेल एयरको हेलिकप्टर पनि संग्रहालयमा छ, जहाँबाट सेल्फी फोटो खिच्न सकिनेछ। 

यसले काठमाडौँमा नयाँ पर्यटकीय गन्तव्य थपिएको छ । यसअघि उप्रेतीले धनगढीमा एयरक्राफ्ट म्युजियम सञ्चालन गरेका थिए। 

यसरी बनाइयो म्युजियम 

त्रिविअविमा ग्राउण्डेड विमानलाई धावनमार्गबाट २०० मिटर परसम्म लैजान चार दिन लागेको थियो, जसले गर्दा विमानस्थल चार दिन बन्द भएको थियो। 

विशाल विमानलाई विमानस्थलको पूर्वी भागबाट संग्रहालय बनाइएको स्थानसम्म लैजान र जोड्न दर्जनौँ स्वदेशी तथा विदेशी प्राविधिकले लगातार चार महिनासम्म काम गरेका थिए। जम्मा नौ महिनामा म्युजियम तयार गरिएको हो । विमान खोल्न र जोड्नमात्रै एक लाख अमेरिकी डलर लागेको ट्रष्टका प्रमुख कार्यकारी अधिकृत उप्रेतीले बताए।  

यो एयरबसको लम्बाइ २०८ फिट, पखेटाको लम्वाई १९७ फिट र उचाइ ५६ फिट छ । एक सर्वेक्षणअनुसार संसारभर अर्को एक दशकभित्र चार लाख ५० हजार नयाँ विमान प्राविधिक र तीन लाख ५० हजार पाइलट आवश्यक पर्नेछन्। 

नेपाललगायत कैयौँ देशमा अहिले नै दक्ष पाइलट अभाव रहेको स्थितिमा अन्तर्राष्ट्रिय उड्डयन संगठनले विश्वभर सञ्चालन गर्दै आएको आगामी पुस्ताका नागरिक उड्डयनकर्मी कार्यक्रमअन्तर्गत संग्रहालय सञ्चालन गरी युवा पुस्तालाई यो क्षेत्रमा आकर्षण गर्ने लक्ष्य रहेको उप्रेतीको भनाइ छ। 

उप्रेतीले दुई वर्षअघिदेखि कैलालीको धनगढीमा रु डेढ करोड लगानीमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन गरेका थिए। रासस

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०७४  २०:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
जब ट्रक घरभित्र पस्यो... प्रहरीले दुर्घटनाको कारण र क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ । बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... दीपक पुन मगरलाई दुई हजार रुपैयाँ जरिबाना गरेको छ । बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्