काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले क्यानडाको राजदूतमा भृगु ढुंगानालाई नियुक्त गरेकी छन्।
'राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगानालाई क्यानाडाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ', राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
मन्त्रिपरिषद्को बैठकले पुसमै ढुंगानालाई राजदूतमा सिफारिस गरेको थियो।
संसदीय सुनुवाइ समितिले पनि गत माघ ८ मै उनको नाम सर्वसम्मतिले अनुमोदन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।