काठमाडौं- प्राकृतिक विपत्तिका लागि खर्च गर्नुपर्ने बेला पानीजहाज कार्यालयलाई रकमान्तर गरिएको पाइएको छ।
दैवी प्रकोप राहत तथा पुर्नस्थापनाका लागि छुटयाईएको २३ लाख रुपैयाँ बराबर रकम पानीजहाज कार्यालयलाई रकमान्तर गर्न अर्थ मन्त्रालयले गत फागुनमा अनुमति दिएको देखिन्छ।
सरकार आफैंले प्राकृतिक विपत्तिबाट हुने जनधनको क्षतिपछि मल्हमपट्टी लगाउन छुट्याएको बजेट रकमान्तर गरेर अर्कैतिर खर्च गरिरहेको छ।
विपद् व्यवस्थापनका लागि छुट्याएको उक्त रकम भौतिक योजना तथा पूर्वाधार मन्त्रालयलाई निकासा गरिएको भेटिएको हो।
प्राकृतिक विपत्ति पूर्व सूचना दिएर आउँदैन। तर त्यस्तो बेलामा उपयोग गरिने कोष नै रित्याएर अरुतिर खर्च गर्नु कति उपुयुक्त हो भन्ने प्रश्नका रुपमा देखिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।