काठमाडौं- आइतबार साँझ आएको भीषण हावाहुरीबाट बारामा २६ र पर्सामा एक गरी २७ जनाले ज्यान गुमाएका छन्।
बारामा १० महिला, ११ पुरुष र ५ बालबालिकाले ज्यान गुमाए।
घाइते ३ सय ४३ जनामध्ये नारायण उपक्षेत्रीय अस्पतालमा ११६, नेसनल मेडिकल कलेज वीरगन्जमा १००, गण्डक अस्पताल वीरगन्जमा २८, वीरगन्ज हेल्थ केयर ३९, एडभान्स अस्पताल वीरगन्जमा २०, कलैया अस्पतालमा ३८ र तराई अस्पताल वीरगन्जमा २ जनाको उपचार भइरहेको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।