काठमाडौं- गृहमन्त्री रामबहादुर थापाले आइतबार साँझ बारा र पर्सामा आएको भीषण हावाहुरीले ठूलो जनधनको क्षति पुर्याएको भन्दै दुःख प्रकट गरेका छन्।
गृह मन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु तथा करिब ७ सय जना घाइते भएको भन्दै मन्त्री थापाले घटनालगत्तै राहत तथा उद्धारमा सुरक्षा निकाय परिचालन गरिएको जानकारी दिए।
आज बिहान एक सूचनामार्फत मन्त्री थापाले राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कुनै कमी हुन नदिन मातहतका निकायलाई निर्देशन दिएको समेत उल्लेख गरे।
उनले घटनामा परी मृत्यु भएकामा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थलाभको कामनासहित मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।