काठमाडौं– बारा र पर्सामा आइतबार राति आएको हावाहुरीबाट गम्भीर घाइते भएका ७ जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ।
त्यसैगरी १०० भन्दा बढी घाइतेहरूको नारायणी उपक्षेत्रीय अस्पताल र विरगञ्ज हेल्थ केयर सेन्टरमा ५० बढी घाइतेको उपचार भइरहेको बताइएको छ।
नारायणी उपक्षेत्रीय अस्पतालका एक कर्मचारीले अहिले पनि गाउँगाउँबाट घाइतेहरू अस्पताल आउने क्रम जारी रहेको जानकारी दिए। उनले भने, ‘हिजो राति उद्धारका लागि प्रहरी र स्वास्थ्यकर्मी पुग्न नसकेका स्थानमा बिहानै चिकित्सकसहितको टोली गाउँमा पठाइएको छ।’
अहिले पनि विभिन्न स्थानमा ७० भन्दा बढी घाइते रहेको अनुमान रहेको उनले बताए। अस्पतालमा आउने घाइतेमध्ये धेरैलाई टाउकोमा चोट लागेको छ भने हात भाँचिएका, घरले च्याचेर जस्ताले शरीरका विभिन्न अंग काटिएका अवस्थामा घाइते अस्पताल ल्याइएका छन्।
सबै उमेर समूहका घाइते भए पनि धेरै संख्यामा बालबालिका र वृद्धवृद्धा प्रभावित भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।