काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली केहीबेरमा झापाबाट बारा र पर्सा जाने भएका छन्।
प्रधानमन्त्री ओलीले आफ्नो प्रमुख आतिथ्यमा आज झापामा हुने तीन वटा कार्यक्रम स्थगित गरी बारा र पर्सामा उद्धार र राहत कार्यको अनुगमन गर्न जाने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री आज बिहान १०ः३० बजे सेनाको हेलिकोप्टरबाट त्यसतर्फ प्रस्थान गर्ने उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।