काठमाडौं– आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीले ठूलाे जनधनकाे क्षति पुर्याएको घटनाप्रति गृहमन्त्रालयले दु:ख व्यक्त गरेको छ। गृहमन्त्री राम बहादुर थापा 'बादल'ले सामाजिक सञ्जालमार्फत् घटनामा ज्यान गुमाएका तथा घाइते भएकाहरूप्रति दु:ख व्यक्त गरेका हुन्।
'गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरण अनुसार २७ जनाकाे मृत्यु तथा करिब सात सय घाइते हुनुभएको छ। घटना लगत्तै राहत तथा उद्दारमा सुरक्षा निकाय परिचालन भइसकेका छन्,' उनले लेखेका छन्, 'राहत, उद्धार तथा उपचारमा गम्भीर हुन तथा कुनै कमी हुन नदिन निर्देशन दिइसकिएको छ।'
उनले घाइतेहरूको शीघ्र स्वास्थलाभकाे कामना गर्दै मृतक परिवारप्रति समवेदना प्रकट गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।