काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले बारा र पर्सा लगायत तराईको विभिन्न क्षेत्रमा आएको भीषण हावा हुरीका कारण ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रदाञ्जली व्यक्त गरेका छन्।
उनले सामाजिक सञ्जाल ट्विटरमार्फत घाइतेहरूको उपचारका लागि तदारुकताका लागि पर्न सरकारलाई आग्रह गरेका छन्।
उनले लेखेका छन्, 'घाइतेहरूको उपचार तदारुकताका साथ गर्न सरकारलाई आग्रह गर्दछु। नेपाली कांग्रेसका नेता तथा कार्यकर्तालाई उद्दार र राहतमा खटिन निर्देशन गर्दछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।