काठमाडौं- मौसम प्रतिकूलताका कारण कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने जहाज डाइभर्ट भएका छन्।
कतारको दोहाबाट काठमाडौं आउनुपर्ने जहाज अवतरण हुन नसकी भारततिर फर्किइसकेको छ।
यस्तै दिल्लीबाट उडेको नेपाल एयरलाइन्सको जहाज पनि अवतरण हुन सकेको छैन। उक्त जहाज आकाशमै फन्को मारिरहेको छ।

फ्लाई दुबई र चाइना साउथर्न भारतको लखनउ डाइभर्ट गरिसकेको विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले बताए। विमानस्थलमा भिजिबिलिटी न्यून भएकाले नखुलुन्जेल जहाज उडान अवतरणमा समस्या आउने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।