बनियानी, झापा- झापाको हल्दिबारी गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ को बजेट सार्वजनिक गरेको छ।
गाउँपालिकाको प्रथम गाउँसभाले रु २७ करोड ५० लाख ३९ हजार ५६५ बराबरको बजेट बिहीबार सार्वजनिक गरेको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए।
अध्यक्ष लिङ्देनले पाँच वर्षभित्र काठेपुलमुक्त गाउँपालिका बनाउँदै सडकको वर्गीकरण गरेर कालोपत्र गर्ने योजना सुनाए। ‘एक वडा एक पर्यटन’को विकास गर्ने बताउँदै उनले जलथलको चारकोसे जंगललाई जिल्लाकै नमूना पर्यटकीय क्षेत्र बनाउने अवधारणा अघि सारिएको बताए।
कृषिमा आकर्षण गर्न स्थानीय सहकारी संस्थासँगको सहकार्यमा प्रत्येक वडामा कृषकलाई ट्र्याक्टर उपलब्ध गराउने लक्ष्य रहेको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।