काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य तथा मध्यक्षेत्रीय कमाण्ड इन्चार्ज हेमन्त ओली (सुदर्शन) सहित ९ जनाविरुद्ध जिल्ला अदालत ललितपुरले १५ दिनको म्याद थप गरेको छ।
सुदर्शनका तर्फबाट ६ जना अधिवक्ताले थुनछेक बहस गरेका थिए। सुदर्शनसहित ९ जनाविरुद्ध हातहतियार र खरखजाना, संगठित अपराध, राज्य विरुद्धको अपराध, र बम विस्फोटको मुद्दा लगाइएको छ।
उनीहरुलाई काभ्रेबाट प्रहरीले पक्राउ गरेको थियो।
प्रतिबन्धपछि विप्लव समूहका १ सय ३६ जना नेता कार्यकर्ता प्रहरीले पक्राउ गरिसकेको छ भने १४ जना रिहा भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।