काठमाडौं – एक चिनियाँ नागरिकले घुस खुवाएर बंशजको आधारमा नेपाली नागरिकता लिएका छन्। चीनका नागरिक कुङगा तेन्जिङ भुटियाले तेन्जिङ लामाको नाममा नेपाली नागरिकता र पासपोर्ट पनि हुन् । प्रहरी कुङगासहित तीन जनालाई पक्राउ गरेको छ।
वडा सचिवकै सहयोगमा उनले नेपाली नागरिकता लिएको खुलासा भएको हो। काठमाडौं महानगरपालिकाका वडा नम्बर ११ का सचिव राम प्रसाद पौडेलको सहयोगमा उनले नागरिकता लिएका हुन् । पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ। उनी ६ नम्बर वडामा रहेका बेला नागरिकता बनाउन सिफारीस गरेका थिए।
कुङगालाई नागरिकता बनाउन सहयोग गर्ने नयाँबजारका कर्मा धिन्डुप घलेलाई पनि प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनीहरुलाई पक्राउ गरेको हो । चिनियाँ नागरिक कुङगा कपडा व्यापारमा आबद्ध छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।