इलाम- आर्थिक वर्ष ०७३/७४ मा इलामबाट ९६ करोड रुपैयाँको अदुवा निर्यात भएको छ।
जिल्लाबाट २७ हजार ५७० मेट्रिक टन अदुवा निर्यात भएको कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्लेले जानकारी दिए । इलाममा उत्पादित अदुवा झापाको काँकडभिट्टा हुँदै भारततर्फ निकासी हुने गरेको छ।
किसानले अदुवाको व्यावसायिक खेती गर्न थालेपछि उत्पादनमा वृद्धि भई मनग्य आम्दानी गर्न थालेका छन् । यस वर्ष अदुवा निर्यातमा केही समस्या भए पनि हालै भन्सार निर्यात खुला भएपछि निर्यात हुनेमा किसान ढुक्क छन् । भारतीय बजारमा निर्भर रहेको नेपाली अदुवाको निकासी पटक-पटक रोकिएपछि किसान मारमा पर्ने गरेका छन्।
कुल उत्पादनको २६ प्रतिशत अदुवा जिल्लाका बजारमा खपत भएर बाँकी भारततर्फ निकासी हुने गरेको छ । बीउमा मात्र छ हजार ४६६ मेट्रिक टन अदुवा खपत हुन्छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।