काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर-५ बाट उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौंबाट बिहीबार नै झापा पुगेका ओलीले कार्यकर्ता सहित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
झापा क्षेत्र नम्बर ५ ओलीको पुरानो क्षेत्र हो। उनले संविधानसभाको दोस्रो निर्वाचनमा साबिकको झापा क्षेत्र नम्बर ७ अर्थात् अहिलेको क्षेत्र नम्बर ५ बाट चुनाव जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।