एजेन्सी- सोसल मिडिया यस्तो ठाउँ हो, जसले छोटो समयमै कसैलाई हिट र कसैलाई फ्लप बनाउन सक्छ । कसैलाई करोडपति त कसैलाई सडकछाप बनाइदिन सक्छ । कसैले भिडियो वा फोटो खिचेर सोसल मिडियामा अपलोड गरिदिएको क्षणभरमै त्यो भाइरल भइदिन्छ।
ब्राजिलमा सडक बढार्ने एक युवतीको सन्दर्भमा यस्तै भएको छ । निकै सुन्दर ती युवती गरिबीका कारण सडक बढारेर गुजारा चलाउँथिन् । तर, सोसल मिडियाले उनलाई एकाएक सडकबाट मोडलिङमा पुर्याइदियो।

बढार्दै गरेको फोटो जब सोसल मिडियामा भाइरल भयो
यो कहानी हो ब्राजिलकी २५ वर्षीया रिटा माटोजको, जो सडक बढार्ने काम गर्थिन् । हरेक दिन झैं त्यो दिन पनि उनी आफ्ना साथीहरुसँग सडक बढार्दै थिइन् । त्यही बेला कुनै व्यक्तिले उनको फोटो खिच्यो र इन्टरनेटमा अपलोड गरिदियो । उक्त फोटो कैयौंले सेयर गरे र हेर्दाहेर्दै सोसल मिडियामा भाइरल भयो।
केही मान्छेले उनलाई 'सुन्दर स्विपर' को संज्ञा दिए भने कतिपयले यति सुन्दर युवतीले झाडु लगाउन कसरी सक्छिन् भन्दै असुहाउँदो भएको टिप्पणी गरे । हरेकजसोले ती युवतीले मोडलिङ गर्नुपर्ने बताएका थिए।
यसरी बनिन् मोडल
केही दिनमै भाइरल भएर त्यो फोटोले इन्टरनेट दुनियाँलाई तरंगित बनायो । कैयौंले उनलाई मोडलिङको प्रस्ताव गरे । जब रिटालाई आफ्नो फोटो सोसल मिडियामा भाइरल भएको थाहा भयो, उनलाई तत्काल त्यस कुरामा पत्यार नै लागेन । तर, जब उनलाई मोडलिङ गर्ने प्रस्तावहरु आउन थाले, अनि मात्र उनलाई यकिन भयो । त्यसपछि उनको जीवन बदलियो, उनी झाडु छोडेर मोडलिङको दुनियाँमा पाइला चालिन्।
अहिले सोसल मिडियामा ग्ल्यामरसस फोटो हाल्छिन्
रिटा फोटो सेयरिङ गर्ने प्लेटफर्म इन्स्टाग्राममा सक्रिय छिन् । त्यहाँ उनी आफ्नो ग्ल्यामरस फोटो अपलोड गरिरहेकी हुन्छिन् । इन्स्टाग्राममा उनका १ लाख ६६ हजार फलोअर छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।