काठमाडौं- लगानी सम्मेलन २०७५ मा सोकेसका लागि राखिएका ६ दर्जन बढी आयोजनाहरुमा विदेशी लगानीकर्ताले अप्रिल २० तारिखसम्म आवदेन दिन पाउने भएका छन्।
सम्मेलन सकिएको शनिबार बेलुकासम्ममा पश्चिम सेती जलाशययुक्त आयोजना र एसआर–६ जलविद्युत आयोजनालाई संयुक्त रुपमा बनाउने गरी आवेदन परेको छ।
त्यसैगरी, तमोर जलाशययुक्त आयोजना, अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्र निर्माण लगायत १६ वटा आयोजनाका लागि आवेदन परेको लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीले जानकारी दिए।
लगानी गर्नका लागि प्रोजेक्ट बैंकका रुपमा राखेका आयोजनाहरुमा सम्मेलन अवधिभर निकै कम मात्र आवदेन परेपछि आवेदन दिन सक्ने समय अप्रिल २० सम्मका बढाईएको अधिकारीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।