काठमाडौं- लगानी सम्मेलन २०७५ मा १५ वटा लगानी सम्झौता भएको छ।
सम्मेलनमा चौधरी समूह र सर्राफ समूह मल्टिपर्पोज सेन्टर निर्माण र चौधरी समूह र स्काई पावर ६०० मेगावाट सोलार प्लान निर्माणको लागि सम्झौता भएको छ। यसैगरी सम्मेलनमा सिजी र ट्रकसेलबीच ५ जी मोबाइल सेवा, सोलार निर्माण सिजी र प्रदेश नम्बर २ बीच पनि सम्झौता भएको छ।
अरूण तेस्रोमा नेपाली बैंक र भारतीय सेजेभिएनको लगानी सम्झौता र माथिल्लो त्रिशूली जलविद्युत आयोजना कोरियाली कम्पनीबीच लगानी सम्झौता भएको छ।
यसैगरी कालिगण्डकी गर्ज आयोजना, बारा सेज, हिमालय बुटिक रिसोर्ट बनेपा, गैरआवासीय नेपालीको पूर्वाधार कोष र वायर हाउस निर्माण निम्बससँग लगानी सम्झौता भएको छ। यसैगरी, म्यानमारका कन्ट्राक्टर र नेपालको निर्माण व्यवसायी महासंघ, आइबिएन इन्भेष्टमेन्ट बोर्ड साउथ अफ्रिकाबीच सहकार्य, मुथुत फाइनान्स र युनाइटेड फाइनान्स र एपी पावरका जलविद्युत, सौर्य र वायु ऊर्जामा लगानी सम्झौता भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।