हेटौंडा- उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले ३ नम्बर प्रदेशअन्तर्गत मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको सदस्यको उम्मेदवारी दर्ता गराएका छन्।नेपाली कांग्रेस र राप्रपाको संयुक्त लोकतान्त्रिक गठबन्धनबाट उनले उम्मेदवारी दर्ता गराएका हुन्।
थापाले लोकतान्त्रिक गठबन्धनका तर्फबाट मुख्य निर्वाचनको कार्यालय हेटौंडामा मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ताका क्रममा अध्यक्ष थापाले मुलुकमा वाम गठबन्धनबाट उत्पन्न परिस्थितिका कारण नेपाली कांग्रेसको नेतृत्वमा राप्रपाले सहकार्य गर्दै जाने बताए।
उनले लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी छनोट गर्ने क्रममा कांग्रेस र राप्रपाको बीचमा सामान्य विवाद भए पनि लोकतान्त्रिक गठबन्धनमा कुनै असर नपर्ने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।