काठमाडौं- नेपालमा व्यवसाय सञ्चालन गरिरहेका विदेशी लगानीकर्ताले नेपालको राजनीतिक तह र माथिल्लो तहको कर्मचारीसँग सजिलै पहुँच राख्न सक्ने भएका कारण लगानीकर्ताका समस्या समाधान गर्न सहज हुने व्यवसायीहरुले बताएका छन्।
शुक्रबारदेखि काठमाडौंमा चलिरहेको लगानी सम्मेलनमा वक्ताका रुपमा रहेका एसियाली विकास बैंकका उपाध्यक्ष सीजिङ चेन, स्टान्डर्ड चार्टड बैंकका भियतनाम र दक्षिण एसियाली क्लस्टरका प्रमुख कार्यकारी अधिकृत निरुक्त सार्पु, र सतलज विद्युत निगम लिमिटेड भारतका अध्यक्ष नन्दलाल शर्माले नेपालको राजनीतिक क्षेत्र र कर्मचारीका बारेमा यस्तो समान धारणा राखेका हुन्।
त्यसैगरी गैह्र-आवासीय नेपाली संघका पूर्व अध्यक्षले पनि सरकारमा रहेका मन्त्रीदेखि अन्य राजनीतिक व्यक्तिसम्म पुग्न सहज पहुँच रहेको बताए। उनीहरुलाई कार्यालय वा घरमा सजिलै भेटन सकिने धारणा उनले राखे।
‘नेपालका राजनीतिज्ञ र कर्मचारी सजिला छन्। तपाईंले उनीहरुको घरमा गएर, अफिसमा गएर जतापनि भेट्न सक्नुहुन्छ। उनीहरुले लगानीकर्ताका समस्या सजिलै सुनिदिन्छन,’ महतोले भने।
नेपालमा विदेशी लगानीकर्तालाई कस्तो व्यवहार गरिन्छ भन्ने प्रश्नको जवाफमा स्टान्डर्ड चार्टड बैंकका सिइओ भन्छन्– ‘नेपालको सबल पक्ष के पनि हो भने नेपालको राजनीतिक तह विदेशी लगानीकर्ताको पहुँचमा रहन्छ। लगानीकर्ताले राजनीतिक तहसँग समस्या सजिलै भन्न सक्छन्। उनीहरुले पनि सुनिरहेका हुन्छन्। यहाँ बस्दा मलाई कहिल्यै यस्तो लागेन कि म विदेशी लगानीकर्ता हुँ, म नेपाली पनि हुँ भनेर सोच्नुहुनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।