काठमाडौं- आजबाट सुरु भएको लगानी सम्मेलन २०७५ मा ऊर्जा मन्त्री वर्षमान पुनले 'नेपालले आर्थिक रुपान्तरणको आधार ऊर्जा' भन्ने नारा लिएर सरकार अगाडि बढेको बताएका छन्। हामीले ६ वर्षभित्र नेपालका सबै जनताको घरमा विद्युत पुर्याउने प्रतिबद्धतासमेत गरेको उनको भनाइ छ।
‘अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि हामीले विद्युतमा सार्वजनिक निजी साझेदारी (पिपिपी) मा आयोजना बनोस् भन्ने चाहन्छौ’, मन्त्री पुनले भने, हामी विद्युत व्यापारका लागि तीन देशसँग सम्झौता गरिसकेका छौं।’
विदशी लगानीकर्ताले कुनै संकोच नमानी ऊर्जा क्षेत्रमा लगानी गर्न सक्ने उनले बताए।
‘नेपाल सरकारको उद्देश्य ऊर्जा क्षेत्रमा निजी लगानी भित्र्याउने हो। बजार विस्तारका लागि अन्तरदेशीय प्रसारण लाइन विस्तारलाई सरकारले प्राथमिकतामा राखेको छ। हामी सार्क मुलुकमा मात्र होइन त्यसबाहेक मुलुकमा पनि विद्युतको बजार खोजिरहेका छौं’, उनले भने।
हामी जलविद्युतमा मात्रै नभई सौर्य ऊर्जालाई पनि प्राथमिकतामा राखेका मन्त्री पुनले विदेशी लगानीकर्तालाई जानकारी गराएका छन्।
'नेपालले जलविद्युत क्षेत्रको लागि अभियान नै चलाएको छ। यस अर्थमा पनि ऊर्जा नेपालको पहिलो प्राथमिकतामा परेको क्षेत्र हो,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।