काठमाडौं– लगानी सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मुथुट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथुटले नेपाल आर्थिक रुपमा बलियो बन्न प्रयत्न गरिरहेको बलियो प्रमाण भएको बताएका छन्।
नेपालले लामो समयपछि स्थिर सरकार पाएको समेत उनको भनाइ छ। नेपाल सरकारले लगानी भित्र्याउन प्रतिवद्धता जनाएको बताउँदै आर्थिक रुपमा बलियो बन्ने प्रयास गरिरहेको समेत उनको भनाइ छ।
नेपालको युनाइटेड फाइनान्सले रणनीतिक साझेदारको रुपमा यही मुथुट फाइनान्सलाई भित्र्याएको छ। भारतमा गोल्ड लोनमा मुथुट पायोनियर मानिन्छ।
सरकाले आयोजना गरेको लगानी सम्मेलनको मुख्य बक्ता रहेका मुथुटले सम्मेलनलाई नेपालको बैंक तथा बीमा क्षेत्रमा लगानी गर्न आफूहरुले लगानी गर्न लागेको जानकारी दिए।
युनाइटेड फाइनान्स नेपालको चर्चित व्यावसायिक घराना चौधरी समूहको ठूलो लगानी छ। चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीसहित बसन्तकुमार चौधरी, राहुल चौधरी, अरुण चौधरीको लगानी छ। बसन्त चौधरी फाइनान्स अध्यक्ष छन्।
त्यस्तै, युनाइटेड इन्स्योरेन्समा पनि लगानीको लागि कुरा भइरहेको बुझिएको छ। युनाइटेड इन्स्योरेन्समा पनि चौधरी ग्रुपको ठूलो लगानी छ । मुथुट ग्रुपलाई बिनोद चौधरीले नेपाल भित्र्याउन लागेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।