काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले लगानी अनुकूल वातावरण बनेकाले निर्धक्कका साथ नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आह्वान गरेका छन्।
राजधानीको होटल सोल्टीमा आयोजित लगानी सम्मेलन २०१९ का सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री खतिवडाले स्थिर सरकारसँगै मुलुकमा संघीताको सफल कार्यान्वयन भइसकेकाले लगानीका लागि उपयुक्त वातावरण बनेको बताए।
लगानी सम्मेलनका संयोजकसमेत रहेका अर्थमन्त्री खतिवडाले विदेशी लगानी सम्बन्धी कानुनी जटिलताको पनि अन्त्य भएको तथा लगानीका दृष्टिले प्रशस्त सम्भावना बोकेको मुलुक भएकाले निर्धक्कका साथ लगानी गर्न आग्रह गरे।
सरकारले अघि सारेको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि स्वदेशी पुँजी र प्रविधि प्रर्याप्त नभएकाले विदेशी लगानीका लागि आह्नवान गरिएको स्पष्ट पारे। उनले लगानी सम्बन्धी कानुन परिमार्जन गरिएको, सम्भावनाका परियोजनाहरु नै प्रस्ताव गरिएको तथा सरकारी निजी साझेदारी अवधारणा अनुसार काम गर्न सरकार तयार रहेको भन्दै भौतिक पूर्वाधार निर्माण, औद्योगीकरण, रोजगारीमा वृद्धि तथा निर्यातमा वृद्धि गरी आयात प्रतिस्थापन गर्दै मुलुकलाई आर्थिक रुपले सबल र आत्मनिर्भर बनाउनका लागि लगानीको आवश्यकता परेको उनको भनाइ थियो।
उनले दोहोरो अंकको आर्थिक वृद्धि हासिलसँगै दिगो विकासको लक्ष प्राप्तिका लागि सरकार प्रतिवद्ध रहेको र सोही अनुसार लगानी सम्बन्धी कानुन परिमार्जन तथा कर प्रणालीलाई पारदर्शी र सहज बनाउदै लगिएको स्पष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।