विराटनगर- टुकीको भरमा रहँदै आएका मोरङको मिक्लाजुङ गाउँपालिकाका बासिन्दा सोलार बत्ती जडानपछि खुसी भएका छन्।
वैकल्पिक ऊर्जा कार्यक्रमअन्तर्गत मिक्लाजुङमा सोलार मिनिग्रिड स्थापना गरिएको हो। सरकारको रु एक करोड ६० लाखको लागतमा मिक्लाजुङ गाउँपालिका– १ मा स्थापना गरिएको सोलार मिनिग्रिडबाट ७० घरपरिवार लाभाविन्त भएका छन्।
विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेको उक्त स्थानमा ३० किलोवाटको सोलार मिनिग्रिड सञ्चालनमा आएको हो। मिनिग्रिडबाट उत्पादित विद्युत पोल तानेर पाँच किलोमिटर क्षेत्रमा विस्तार गरिएको छ। मिनिग्रिड सञ्चालनमा आएपछि अहिले घर घरमा तथा सडकमा पोल राखेर सौर्यबत्ती जडान गरिएको छ।
पर्यटकीय क्षेत्रको रुपमा चिनेने रमिते बजारमा सोलारबाट बिजुली आएपछि स्थानीयवासी खुसी भएका छन्। १५ वर्षदेखि सो ठाउँमा होटल सञ्चालन गर्दै आएकी कर्णमाया राईले सौर्यबत्ती जडानपछि व्यापार व्यवसायमा वृद्धि भएको बताइन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।