काठमाडौं- आन्तरिक राजश्व कार्यालय पुतलीसडकले करदातालाई विद्युतीय कर प्रणालीबारे प्रयोगात्मक प्रशिक्षण गरेको छ।
बिहिबार आन्तरिक राजश्व कार्यालय पुतलीसडकस्थित आफ्नै कार्यालय परिसरमा करदातालाई प्रयोगात्मक प्रशिक्षण गरेको हो।
विद्युतीय कर प्रणालीमा देखिन सक्ने प्राविधिक समस्या र अपनाउनुपर्ने सर्तकताका बारेमा कार्यालयले प्रशिक्षण दिएको हो।
कार्यक्रममा करका सम्पूर्ण प्रक्रियालाई विद्युतीय प्रणालीमा लैजाने नेपाल सरकारको नीतिअनुसार विकसित र थपिँदै गएका कर प्रणालीका विभिन्न पक्षका बारेमा जानकारी गराईएको थियो।
कार्यक्रममा आन्तरिक राजश्व विभागका सूचना प्रविधि अधिकृत रमेश सुवेदीले विद्युतिय माध्यमद्धारा राजश्व भुक्तानीका लागि भौचर निर्माणदेखि बैकिङ प्रणालीबाट कर तिर्ने, ग्राहक तथा कर्मचारकिो इटिडिएस तिर्ने, अरुले तिरेको इटिडिएस हेर्ने, व्यक्तिगत प्यान नम्बरका लागि अनलाईन आवेदन दिने लगायत विषयमा प्रयोगात्मक अभ्यास गराएका थिए।
'सैद्धान्तिक प्रशिक्षणले मात्रै विद्युतीय कर प्रणालीका बारेमा करदाता स्पष्ट बन्न नसकेकाले प्राविधिक विषयमा प्रयोगात्मक अभ्यासको व्यवस्था मिलाइएको हो,' कार्यालयका प्रमुख कर अधिकृत नर बहादुर थापाले भने।
कार्यालयले कर दाता आफै संलग्न हुने प्रयोगात्मक अभ्यासलाई सिंहदरबार भित्रका सरकारी कार्यालय तथा आवश्यकताका आधारमा विभिन्न निकाय र क्षेत्रमा पनि संञ्चालन गर्ने तयारी गरेको छ।
कार्यालयले विहिबार संचारक्षेत्रका करदातालाई प्रयोगात्मक प्रशिक्षण दिएको हो।
करदाताहरुले नेपालको कर प्रणालीमा रहेका जटिलताको अन्त्यका लागि नीतिगत सुधार गर्दै अध्याधुनिक करप्रणालीमा देखिएका जटिलताको सहज समाधानको व्यवस्था गर्न माग गरेका थिए।
उनीहरुलेले अनलाईन इन्ट्रि सच्याउने व्यवस्था सहज बनाउन पनि माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।