• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

त्रिविको प्रश्नपत्रमा ग्लोबल आइएमई बैंकको भद्रगोल चित्रण

64x64
नेपाल लाइभ मंगलबार, चैत १२, २०७५  १९:११
1140x725

काठमाडौं- त्रिभुवन विश्वविद्यालय एमबिएस तर्फको दोस्रो सेमेस्टरको परीक्षा भर्खरै सकिएको छ। डिन कार्यालयले गत चैत ३ गते लिएको मानव संशाधन व्यवस्थापन (५१३ पत्र) विषयको 'केस स्टडी' अन्तर्गत एउटा प्रश्न राखिएको छ, जसमा ग्लोबल आइएमई बैंकको भद्रगोल अवस्थाको चित्रण गरिएको छ। बैंकको फितलो व्यवस्थापनबारे उल्लेख गर्दै कर्मचारीमाथि हुने विभेदलाई पनि प्रश्नमा समेटिएको छ। वृत्ति-विकासका क्रममा पनि क्षमतावान् कर्मचारीलाई नै सूचीबाट हटाइनु र सिइओ परिवर्तनसँगै व्यवस्थापन पक्ष डामाडोल भइरहेको अवस्थालाई प्रश्नका रुपमा चित्रण गरिएको छ। 

स्मरण रहोस्, गत माघ ७ गते बैंक सञ्चालकले आफू अनुकूल काम नगरेपछि तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिइओ) जनकराज पौडेललाई राजीनामा दिन बाध्य पारेका थिए। ४ वर्षका लागि नियुक्त पौडेलले १४ महिनामै राजीनामा दिनुपरेको थियो।

बैंक स्थापना भएको १२ वर्षमा ग्लोबल आइएमईबाट ५ जना सिइओले कार्यकालअघि नै राजीनामा दिइसकेका छन्। बैंकमा राजीनामा दिने कर्मचारीको संख्या पनि ह्वात्तै बढेको छ। कर्मचारीहरु व्यवस्थापन पक्षसँग असन्तुष्ट छन्।

जानकारहरुका अनुसार बैंकका अध्यक्ष चन्द्र ढकालको अव्यावसायिक र अनावश्यक दबाब सहन नसकेर सिइओ र कर्मचारीलाई टिक्न गाह्रो छ।

कुनै पनि वित्तीय संस्थाको अवस्था झल्कने गरी बैंकको नामै किटेर त्रिभुवन विश्वविद्यालयले समेत आफ्नो प्रश्नपत्रमा 'केस स्टडी'का रुपमा राख्नुले  बैंकको व्यवस्थापनमाथि नै प्रश्नचिह्न खडा भएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो छ अंग्रेजीमा सोधिएको प्रश्नको अनुवाद-
१.तलको अवस्था ध्यानपूर्वक पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस्। (३०)

३८ वर्षीया सरला श्रेष्ठले ९ वर्षपहिले आइएमई वित्तीय संस्थामा काम सुरु गरिन्। उक्त वित्तीय संस्था अर्को संस्थासँग मर्ज भएपछि उनी ग्लोबल आइएमई बैंककी कर्मचारी बनिन्। विभिन्न व्यावसायिक संस्था अन्तर्गत रही विभिन्न तहमा काम गरेकाले उनले आफूलाई योग्य, असल, नैतिक, लगनशील र आवश्यक क्षमता भएको कर्मचारीका रुपमा प्रमाणित गरिन्। कार्यक्षमता प्रदर्शन गर्न उनमा कुनै कमी थिएन। सुरुदेखि नै उनको प्रस्तुति राम्रो थियो। 

विस २०७४ मा उनी बढुवाका लागि योग्य भइन्, नयाँ जिम्मेवारीका लागि उत्साहित पनि थिइन्। सुपरभाइजर र विभाग प्रमुखले उनलाई प्रोत्साहन गरेका थिए। कार्यालयका सबै कर्मचारी बढुवाका लागि उनी बलियो उम्मेदवार भएको कुरा प्रायजसो गरिरहन्थे। उनको कार्यक्षमता, कार्यालयका वरिष्ठ अधिकारी र सहकर्मीबाट पाएको प्रोत्साहनले उनलाई झनै आशावादी बनाएको थियो। यही समयमा नै उनले बैंकिङ तालिम र माथिल्लो तहको अध्ययन पनि राम्रो नम्बरका साथ पनि पूरा गरिन्। बढुवाका लागि भएको अन्तर्वार्ता दिएपछि आफ्नो बढुवा हुनेमा उनी ढुक्क थिइन्। किनभने उनले सबै प्रश्नको उत्तर विश्वासका साथ र सही उत्तर दिएकी थिइन्।  

दुर्भाग्यवश, बढुवाको नतिजाले चकित बनायो, उनको नाम बढुवाको सूचीमा थिएन। उनीभन्दा कनिष्ठ र कमजोर कार्यक्षमता भएकाहरु बढुवा भएकाले उनलाई निकै दुःखी बनायो। विभागीय प्रमुख तथा अन्तर्वार्ता लिनेमध्येका मिस्टर शर्मा उनको कार्यकक्षमा आए र आगामी वर्ष निश्चय पनि बढुवामा हुनेमा विश्वास दिलाए। आफ्नो पथ प्रदर्शकका साथै आदर्शसमेत भएकाले उनले शर्माका कुरामा विश्वास गरिन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

६ महिनापछि बजारका प्रतिभावान् व्यक्ति आकर्षित गर्न र अन्य बैंकबाट अफर पाएकाहरुलाई समेत भित्र्याउने गरी बैंकले सूचना प्रकाशित गर्‍यो। श्रेष्ठ जस्ता धेरै कर्मचारी बढुवाको नतिजाबाट दिक्दार भएका थिए। यसपटक पनि श्रेष्ठले बैंकमा बढुवाका लागि आवेदन दिइन् र अन्तर्वार्तासमेत दिइन्। सदाझैं यसपटक पनि उनको अन्तर्वार्ता राम्रो भएको थियो तर उनै शर्माले यसपटक पनि बढुवा गर्न नसकिएको तर ६ महिनापछि भने बढुवा गर्न लागिएको बताए। उनले फेरि शर्मालाई विश्वास गरिन् र उनका सुझाव स्वीकार गरिन्।

नियमित तालिकाअनुसार बैंकले बढुवा हुन सफल उम्मेदवारको सूची प्रकाशित गर्‍यो। तर अपत्यारिलो कुरा के भयो भने उनको बढुवा हुने उम्मेदवारको सूचीमा उनको नाम समावेश थियो। अन्तर्वार्ताका लागि उनले राम्रो तयारी गरिन् र अन्तर्वार्ता परीक्षामा पनि राम्ररी प्रस्तुत भइन्। फेरि पनि नतिजा प्रकाशन हुँदा श्रेष्ठको नाम बढुवा हुने उम्मेदवारको सूचीमा थिएन। उनी विभागीय प्रमुख शर्मा र सिंगो व्यवस्थापनको व्यवहारबाट निकै दु:खी भइन्। स्वच्छ मूल्यांकन र वृत्तिविकासका अवसर संस्थाबाट प्राप्त हुनेमा उनको विश्वास गुम्यो। बैंकको सिइओ परिवर्तन भएकाले बढुवा हुने उम्मेदवारको समेत नाम परिवर्तन भएको उनको दाबी छ। नतिजा निस्केकै दिन प्रतिभावान् उम्मेदवार भित्र्याउन मागेको विज्ञापनमा आवेदन दिने अन्तिम दिन थियो। शर्माले उनलाई फेरि एकपल्ट आवेदन दिन आग्रह गरे। तर श्रेष्ठले मेगा बैंक, सेन्चुरी कमर्सियल बैंक र जनता बैंकमा पनि आवेदन दिएको बताइन्। 
१. संस्थामा कार्यक्षमता व्यवस्थापन प्रणाली र जीवनवृत्ति व्यवस्थापन संस्कृतिको चित्रण गर्नुहोस्।
२. माथि उल्लेख गरिएको घटनाका आधारमा नेपालको बैंकिङ क्षेत्रमा कर्मचारी भर्ना र छनोटको अवस्था प्रस्तुत गर्नुहोस्। 
३. यो घटनाको मुद्दाको विषय के हो? यस्तो अवस्थाका कारण संस्थामा पर्न सक्ने सम्भावित असरहरु के हुन सक्लान्?

प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५  १९:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्