नेपाल लाइभ समाचारका मुख्य शीर्षकहरु-
१) विदेशी कूटनीतिक निकायमाथि जिल्ला अदालतको पहिलो आदेश, अमेरिकी दूतावासलाई बकपत्रमा उपस्थित हुन बोलाइयो।
२) विप्लव समूहलाई पक्राउ गरेरै गलाउने सरकारको रणनीति, ४५ नेता कार्यकर्ता हिरासतमा।
३) आफ्नो पार्टीमाथिको प्रतिबन्ध नहटाए सरकारलाई नै प्रतिबन्ध लगाउने विप्लवको चेतावनी, शान्तिपूर्ण कार्यक्रम गर्न नदिए आमहड्तालको तयारी।
४) युरोपियन च्याम्पियनसिप छनोट खेलमा क्रिस्टियानो रोनाल्डो घाइते, च्याम्पियन्स लिगको खेल गुमाउन सक्ने आशंका।
५) र, पाकिस्तानमा हिन्दू किशोरीको विवाह प्रकरण नयाँ मोडमा, राजीखुसी धर्म बदलेर विवाह गरेको अदालतमा बयान।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।