काठमाडौं– नेपाल बार एसोसिएसनले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि सरकारले लगाएको प्रतिबन्धका सम्बन्धका गम्भीर ध्यानाकर्षण भएको नेपाल बार एसोसिएसनले जनाएको छ।
बारले सरकारको उक्त कदम गैरसंवैधानिक भएको भन्दै प्रतिबन्ध हटाउनसमेत आग्रह गरेको छ।
बारले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाल सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई फागुन २८ गतेदेखि लगाएको प्रतिबन्ध नेपालको संविधान २०७२ को धारा २७० बमोजिम राजनीतिक दललाई प्रतिबन्ध लगाउन नपाउने स्पष्ट संवैधानिक व्यवस्था प्रतिकूल हुनेगरी भए, गरेको मन्त्री परिषद्को निर्णय गैरसंवैधानिक रहेको ठहर छ।’
त्यस्तै बारले विप्लव समूहलाई नेपाल बन्दको कार्यक्रम फिर्ता लिन पनि आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।