काठमाडौं- काठमाडौं उपत्यका बाहिरको मौसम प्रतिकूलताका कारण विभिन्न गन्तव्यबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आएका जहाज उपत्यका प्रवेश गर्न सकेका छैनन्।
काठमाडौंमा पानी परिरहे पनि विमानस्थलको भिजिबिलिटीमा कुनै समस्या छैन। विमानस्थल टावर कन्ट्रोलका अनुसार उपत्यकाबाहिरको मौसम बिग्रँदा विमानस्थलमा आउनुपर्ने जहाज काठमाडौं प्रवेशको सीमा क्षेत्रमै आकाशमै फन्को मारिरहेका छन्।
विमानस्थलबाट उडान भरेका जहाज पनि उपत्यकामा दुई–तीन फन्को मार्दै बाहिर निस्केका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।