काठमाडौं- सिन्धुपाल्चोकको माथिल्लो चाकु जलविद्युत आयोजनामा ग्यास सिलिन्डर पड्किँदा मृत्यु हुनेको संख्या चार पुगेको छ।
भोटेकोसी गाउँपालिका ४ स्थित आयोजनास्थल नजिकै खाजाघरमा सोमबार ग्यास सिलिन्डर विस्फोट भएको थियो। दुई जनाको शव साेमबार नै फेला परेको थियो भने दुई जना हराइरहेका थिए। हराइरहेकाहरुको शवका केही अंगहरु फेला परेकाले चारै जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
मंगलबार दुई जनाको कपाल लगायत शवका केही अंश फेला परेकाले चारै जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले पुष्टि गरे।
मृत्यु हुनेहरुमा आयोजनामा कार्यरत मजदुर हुम्ला घर भएका सन्डुप लामा, दोलखा घर भएका भाइकाजी शेर्पा, ओखलढुंगाका गोपाल श्रेष्ठ र हेटौंडाका एचएम थापा मगर रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।