काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग कर्णालीका सांसदहरुले सरकारले कर्णालीलाई गर्ने व्यवहारमा अपेक्षित सुधार नभएकाे गुनासाे गरेका छन्। सिंहदरबारमा जारी प्रधानमन्त्री र कर्णाली प्रदेशका १५ जनाभन्दा बढी सांसदहरुबीच जारी अन्तर्क्रियामा साे कुरा उठेकाे हाे।
सत्तापक्षकै सांसदले सरकारप्रति कर्णालीका जनताकाे आशा र भराेसा रहेपनि सरकारले साे पूर्ति गर्न नसकेकाे आराेप लगाए। रुकुम पश्चिमका सांसद तथा नेकपा नेता जनार्दन शर्माले जनतामाझ गएर दिने उपयुक्त जवाफ आफुहरुसँग नभएकाे जिकिर गरे।
'कर्णालीकाे रारामा गएकाे बैसाख १ गते प्रधानमन्त्रीसहितकाे मन्त्रिपरिषद् बैठक बसेपछि यस क्षेत्रमा जनताले सरकारबाट धेरै आशा गरेका थिए', नेता शर्माले भने, 'तर, साेपश्चात् पनि सरकारका तर्फबाट सम्झिन लायक कुनै काम हुन सकेकाे छैन। यस्ताे अवस्थामा हामीले जनतामा कसरी जाने? गएपनि के जवाफ दिने?'
सरकार तथा पार्टीका तर्फबाट पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेकाे उनकाे दाबी छ। उनले चुनावताका जनतामाझ गरिएकाे प्रतिबद्धतासमेत स्मरण गराएका थिए।
साे क्रममा अन्य सांसदहरुले पनि सरकारकाे कर्णालीलाई हेर्ने दृष्टिकाेणमा परिवर्तन हुनुपर्ने माग राखेका थिए। अहिले पनि सांसदहरुले बाेल्ने क्रम जारी छ।
सांसदहरुले आफ्ना विचार तथा गुनासाे राखेपछि प्रधानमन्त्री ओलीले बाेल्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।