नुवाकोट- न्यूनदृष्टियुक्त युवतीलाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–२ अम्बोटेका ३७ वर्षीय हरिबहादुर तामाङलाई प्रहरीले प्रक्राउ गरेको छ।
तामाङले युवतीलाई आइतबार बलात्कार गरेका हुन्। सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी आएपछि सोमबार नै पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।
आरोपितलाई जबर्जस्ती करणी गरेको अभियोगमा मुद्दा दर्ता गरी अदालतबाट थुनामा राख्ने म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।