काठमाडौं- काठमाडौं महानगरपालिकाले आजदेखि पाँच वटा ब्रुमर (सडकको धुलो बढार्न प्रयोग हुने साधन) प्रयोगमा ल्याएको छ।
राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले रिबन काटेर ब्रुमर सञ्चालनको उद्घाटन गरे।
डिजेलबाट चल्ने यी ब्रुमर युरो ४ एमिसन स्टान्डर्डको डुभेलो ६००० मोडलका हुन्। इन्जिन क्षमता १०७ किलोवाट रहेको छ। हरेक ब्रुमरमा चार वटा ब्रस रहेका छन्। महानगरपालिकाका अनुसार ब्रुमरमा ५ सय लिटर पानी र ४.६८ घनमिटर धुलो भण्डारण गर्न सक्ने क्षमता छ। पाँच वटा ब्रुमरको मूल्य ७ लाख ६२ हजार ४ सय ७० युरो रहेको छ।
१ सय ७ किलोवाट क्षमता रहेका ब्रुमर ७ लाख ६२ हजार ४ सय ७० युरोमा इटालीबाट खरिद गरिएको हो। तत्कालका लागि रातिको समयमा ८ घन्टा सञ्चालन गरिनेछ।

काठमाडौंको टेकुबाट ती ब्रुमर ५ वटा रुट भएर सञ्चालन हुनेछन्।
रुट नम्बर एक अन्तर्गत टेकुबाट सोल्टीमोड, टेकु, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, महांकाल, जमल, लाजिम्पाट, शीतल निवास, शिक्षण अस्पताल, महाराजगन्ज हुँदै जमल, घन्टाघर भद्रकाली हुँदै सुन्धारा।
रुट नम्बर २ अन्तर्गत टेकुबाट सिंहदरबार, पुतलीसडक, कमलादी, बालुवाटार लगायतका स्थानमा ब्रुमर सञ्चालन गरिनेछ।
रुट नम्बर ३ अन्तर्गत टेकुबाट कमल पोखरी, ज्ञानेश्वर, मैतीदेवी, पुरानो बानेश्वर, गोशाला, एयरपोर्ट, सिनामंगल, चाबहिल।
रुट नम्बर ४ अन्तर्गत गौशाला, बत्तीसपुतली, पुरानो बानेश्वर, मैतीदेवी लगायतका स्थापनमा सञ्चालन हुनेछ।
रुट नम्बर ५ अन्तर्गत टेकुबाट कलंकी, सीतापाइला, बालाजु, ठमेल लगायतका स्थापनामा ब्रुमर सञ्चालन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।