• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

विप्लव समूहलाई पक्राउ गरेरै गलाउने रणनीतिमा सरकार, ४५ नेता कार्यकर्ता हिरासतमा (नामसहित)

64x64
नेपाल लाइभ मंगलबार, चैत १२, २०७५  १२:५३
1140x725

काठमाडौं– नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सरकारले प्रतिबन्ध लगाएको १५ दिन पुगेकाे छ। गत फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपालाई आपराधिक समूहको संज्ञा दिँदै प्रतिबन्ध लगाएको थियो।

आपराधिक गतिविधिमा संलग्न, चन्दा आतंक, ज्यान मार्नेगरी भएको बम बिस्फोटलगायतका घटनाले उक्त समूह कुनै राजनीतिक दल नभई आपराधिक समूह भएको भन्दै सरकारले प्रतिबन्ध लगाएको थियो।

सरकारले विप्लव समूहलाई कुनै कार्यक्रम गर्न समेत नपाउने, यस समूहका नेता तथा कार्यकर्तालाई जहाँ भेटियो त्यही पक्राउ गर्ने, हतियारसहित देखापरे गोली हान्नेसम्मका आदेश सुरक्षा निकायलाई समेत दिइसकिएको थियो।

सरकारको उक्त निर्देशनपछि सुरक्षा निकायले पनि विप्लव समूहका नेता कार्यकर्तालाई धमाधम पक्राउ गर्न थालेको छ। प्रचलित संविधान र कानुनविपरित गतिविधि गर्ने जोकसैलाई छुट नभएकाले आपराधिक गतिविधिमा संलग्न विप्लव समूह सदस्यलाई प्रहरीले पक्राउ गर्ने प्रहरी प्रवक्ता एसएएसपी उत्तमराज सुवेदीले जनाए।

सरकारले कार्यक्रम नै गर्न नदिने र देखिएको अवस्थामा पक्राउ गर्ने आदेश आएपछि प्रहरीले विप्लव समूहलाई पक्राउ गर्न थालेको प्रहरीले जनाएको छ।

यता प्रधामन्त्री केपी शर्मा ओलीले सुध्रिएर मुलधारमा नआए 'विप्लव' समेतलाई चैत महिनाभित्र पक्राउ गरिसक्ने बताएका छन्। विप्लव समूहले भने आफ्ना नेता तथा कार्यकर्ता तुरुन्त रिहा गर्दै प्रतिबन्ध हटाउन सरकारलाई चैत महिनासम्मको म्याद दिएको छ। यस्तो परिस्थितले द्धन्द्ध भड्किन सक्ने खतरा पनि रहेको विज्ञहरुले बताउने गरेका छन्।

ललितपुरको नख्खुस्थित एनसेगट अगाडि गराइएकाे बम बिस्फोटमा एक जनाको मृत्यु र २ जना घाइते भएको घटनाबाट विप्लव समूहका नेताकार्यकर्ता पक्राउ गर्न सुरु गरेको प्रहरीले अहिलेसम्म ४३ जनालाई पक्राउ गरिसकेको छ।

बम बिस्फोटमा संलग्न भएको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले फागुन १४ गते विप्लवका पूर्व अंगरक्षकसमेत रहेका सूर्य भुजेललाई कलंकीबाट पक्राउ गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

उता फागुन १५ गते मोरङबाट देवकुमार लिम्बू 'संगीत'लाई एलएमजी र एम-१६ हतियारसहित प्रहरी टोलीले पक्राउ गरेको थियो।

अहिलेसम्म विप्लव समूहका सबैभन्दा ठूला नेता मध्य क्षेत्रीय कमाण्ड तथा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओलीलाई नियन्त्रणमा लिइएकाे छ। उनको पक्राउलाई सुरक्षा निकायले पनि ठूलो सफलताको रुपमा लिएकाे छ। उनी पक्राउ परेपछि विप्लव समूहलाई ठूलो धक्का परेको सुरक्षा निकायको विश्लेषण छ।

हालसम्म काे-काे पक्राउ परे?

फागुन १४ – काठमाडाैंका विभिन्न स्थानबाट सूर्य भुजेल, जयराम दंगाल, अर्जुन केसी र अर्जुन गोतामे।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फागुन १५ – मोरङबाट एलएमजी र एम-१६ सहित देवकुमार लिम्बू 'संगीत'।

फागुन २१ – सुर्खेतबाट नेकपाको भ्रातृ सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा भेरी क्षेत्रीय समन्वय समितिका संयोजक पुष्पबहादुर न्यौपाने।

फागुन २१ – सामाखुसीबाट जनवर्गीय संगठन किसान महासंघका अध्यक्ष राजु कार्की।

फागुन २२ – दरबारमार्ग क्षेत्रबाट ब्युरो सदस्य केदार खतिवडा।

(चैत ९ गते खतिवडालाई र १० गते कार्कीलाई र काठमाडौं जिल्ला प्रशासन कार्यालयले ८/८ हजार रुपैयाँ धरौटीमा रिहा गरेलगत्तै प्रहरीले पुनः पक्राउ गरेकाे हाे)

फागुन २३ – विप्लवको गाउँ कपिलवस्तुको शिवराज नगरपालिकास्थित शिवगढीबाट एसएमजी २ थान, त्यसको गोली ६८ राउन्ड, त्यसको म्यागजिन ३ थान, ५४ टाइप पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, त्यसको गोली ३ राउन्ड, ५.५६ क्यालिभरको राउन्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरु १ बोरा (२५ केजी) सहित दुर्गाबहादुर रोका।

चैत १ – ललितपुरको च्यासलबाट पोलिटब्युरो सदस्य मोहन कार्की 'जिवन्त'।

चैत २ – प्युठानबाट अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य एवम् राप्ती क्षेत्रीय समन्वय समितका संयोजक पदम पोख्रेल।

चैत ४ – नख्खु बम बिस्फोटमा संलग्न रहेको भनिएका नुमबहादुर विक र डिकेन्द्र राई।

चैत ५ – अपराध महाशाखाको टोलीले काभ्रेबाट ४ राउण्ड गोलीसहित शिव धिमाल र विशाल तामाङ।

चैत ८ – काभ्रेबाटै स्थायी समति सदस्य तथा मध्य केन्द्रीय कमाण्ड हेमन्तप्रकाश ओली 'सुदर्शन', धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का।

चैत ११ – मोरङबाट कोशी ब्युरो इन्चार्ज धनश्याम श्रेष्ठ 'पुष्कर' र ब्यूरो सदस्य माधव गौतम।

चैत ११ – कर्णाली प्रदेशबाट जिलेटीन ३२ थान, इलेक्ट्रिक डेडकड १ थान, गन्धक बारुद १ केजी र डेडकड ३ मिटरलगायतका विस्फोटक पदार्थसहित बुद्धिजीवी परिषद्का भेरी–कर्णाली इन्चार्ज धनराज शाही।

चैत ११ – पश्चिम नवलपरासी जिल्ला इन्चार्ज गंगा ज्ञवाली 'सुमन' र पूर्वी नवलपरासीका जिल्ला सदस्य धनबहादुर मर्दानिया।

चैत ११ – भोजपुरबाट सञ्जय राई, विकास राई र महेन्द्र तामाङ।

चैत ११ – कैलालीबाट युवा संगठनका पूर्वप्रमुख रुपेश दिवाकर।

चैत ११ – कोहलपुरबाट बाँके जनपरिषद् प्रमुख कृष्ण बहादुर शाही।

त्यसैगरी, काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट रवीन केसी, वीरेन्द्र नेपाली, विपीन लामा, नवीन विष्ट, विमला भण्डारी, गौरी धामी, रुकमिणी पुडासैनी, उषा भुजेल, रामकुमार अधिकारी र ज्ञानेन्द्र बुढाथोकी पनि पक्राउ परेका छन्।

प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५  १२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्