कावासोती- नेत्रविक्रम चन्द 'विप्लव' समूहका पश्चिम नवलपरासी जिल्ला इञ्चार्जसहित जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। पश्चिम नवलपरासी जिल्ला इञ्चार्ज गङ्गा ज्ञवालीलाई उनकै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
नवलपरासी पश्चिम बर्दघाट–४ बाढी पीडितस्थित उनको घरबाट राति नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। पक्राउ परेका ज्ञवालीलाई जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीमा राखिएको छ।
यसैगरी प्रहरीले नवलपरासी पूर्वबाट सो समूहका नवलपरासी जिल्ला सदस्यलाई समेत पक्राउ गरेको छ। जिल्ला सदस्य कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ४७ वर्षीय धनबहादुर मर्दनियालाई उनकै घरबाट पक्राउ गरिएको नवलपुरका प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए।
मर्दनियालाई प्रहरी कार्यालय कावासोतीमा राखी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाभाटले बताए। रासस
*(यसअघि भूलवश अरुकै फोटो पर्न गएकोमा क्षमाप्रार्थीसहित सो फोटो हटाएका छौं)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।