लम्की- मिनीट्रक र मोटरसाइकल एकापसमा ठोक्किँदा कैलालीमा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।
कैलालीको गोदावरी नगरपालिका–९ बल्मीमा सोमबार साँझ साढे ७ बजे भएको दुर्घटनामा जिल्ला समन्वय समिति कैलालीका लेखापाल तेजबहादुर रावल र डडेलधुरा नवदुर्गा गाउँपालिकाका वीरबहादुर रावलको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको से३प ९४२९ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको भे१ख १४१४ नम्बरको मिनीट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
दुर्घटनामा परी गम्भीर घाइते दुबैको सेती अञ्चल अस्पताल धनगढीमा उपचारका क्रममा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।
मिनीट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालय कैलालीले नियन्त्रणमा लिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।