विराटनगर– सुनसरीको इटहरीबाट प्रहरीले एक जना लागुऔषध कारोवारीलाई पक्राउ गरेको छ।
ईटहरी उप–महानगरपालिका ४, आर्मी क्याम्प अगाडिबाट मोरङको बबियाविर्ता-६ घर भई ईटहरी-२ बस्ने ३१ वर्षीय जितेन्द्र राजवंशीलाई प्रहरीले पक्राउ गरेको हो।
गोप्य सूचनाका आधारमा सोमबार बेलुका ८ बजे राजवंशीको कोठामा खानतलासी गर्दा १ हजार ८ सय थान नाइट्रोसन, ५ हजार ८ सय ५३ थान ट्रिकेयर, ८ सय ५० थान स्वासपेन, ५ सय ८५ थान स्पास्मो प्रोक्सिभोन र ७४ थान सिटिजेड लगायतका लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ।
राजवंशीको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।