विराटनगर– धनकुटाको महालक्ष्मी नगरपालिका–१ नुन्थलामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
दुर्घटनामा धनकुटाको छथर–जोरपाटी गाउँपालिका-५ का ३० वर्षीय ट्याक्टर चालक जितन घिमिरेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सह–चालक सोही स्थान बस्ने वर्ष २९ का रत्न बहादुर गुरुङ गम्भीर घाइते भएका छन्। उनको सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटामा राखिएको जिल्ला प्रही कार्यालय धनकुटाले जनाएको छ।
रड बोकेर धनकुटाबाट तेह्रथुम जाँदै गरेको को२त ३१६६ नम्बरको ट्याक्टर सोमबार राति साढे ११ बजे कोशी राजमार्गमा दुर्घटना भएको थियो। ट्याक्टरको इन्जिन छुट्टिएर भिरबाट २ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।