काठमाडाैं- उपाचाररत नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पतालबाट 'डिस्चार्ज' भएका छन्। स्वास्थ्यमा सुधार आएपछि उनलाई आज घर पठाइएकाे ह्याम्स अस्पतालले जनाएकाे छ।
पूर्वगृहमन्त्री समेत रहेका सिटाैलाकाे आन्द्राबाट रक्तश्राव भई रगतमा हेमोग्लोविनको मात्रामा कमि देखिएको थियाे। ह्याम्स अस्पतालमा सिटौलाको आइसियूमा राखी उपचार भएकाे थियाे। भर्ना भएकाे ५ दिनपछि उनलाई 'डिस्चार्ज' गरिएकाे हाे।
उपचारका क्रममा सिटाैलाकाे स्वास्थ्य अवस्था बुझ्न कांग्रेस र सत्तारुढ दलका नेताहरु अस्पताल पुगेका थिए।
सिटौलाको शरीरमा देखिएको रगतको मात्रा पुरा गर्न उनी नजिकका कार्यकर्ताले अस्पतालमै रक्तदान कार्यक्रमको आयोजना गरेका थिए। साे क्रममा १ सय ७ युनिट रगत समेत संकलन भएकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।