काठमाडौं- सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले पार्टीमाथि लगाएको प्रतिबन्ध नहटाए सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।
पार्टी स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वलीलगायत नेताकार्यकर्ताको गिरफ्तारीपछि उक्त पार्टीका महासचिव विप्लवले सोमबार बेलुका एक वक्तव्य जारी गरी त्यस्तो चेतावनी दिएका हुन्।
चैत महिनाभित्र प्रतिबन्ध हटाएर शान्तिपूर्ण कार्यक्रम गर्न नदिए केपी ओली सरकारका कार्यक्रमहरूविरुद्ध प्रतिबन्ध र आमहड्तालको तयारी गर्ने चेतावनी दिएका हुन्।
नेता विप्लवले पार्टी स्थायी समिति बैठकले मंगलबारदेखि चरणबद्ध संघर्षका कार्यक्रम तय गरेको समेत जनाएका छन्। चैत २४ सम्मका लागि घाेषित कार्यक्रममा देशभर चाेक जुलुस, काेणसभा, मशाल जुलुस, अन्तर्क्रिया, जनसभा, कालाे झन्डा देखाउने तथा विभिन्न जनवर्गीय संगठनहरुले समेत विराेध गर्नेलगायत छन्।
सरकारले 'आफ्नाे असफलता, बदनामी र संकटलाई छाेप्न कथित अशान्ति मच्चाएकाे, चन्दा उठाएकाे हवाला दिँदै' नेकपामाथि प्रतिबन्ध घाेषणा गर्दै फाँसिवाद लाद्न खाेजेकाे उनले आराेप लगाएका छन्। 'यस फाँसिवादकाे सारा राजनीतिक पार्टी, मानवअधिकारवादी संघसंस्था, नागरिक सामाज, बुद्धिजीवी, पत्रकार, कलाकारलगायतले विराेध गरिरहेका छन्', विज्ञप्तिमा भनिएकाे छ।
विज्ञप्ति:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।