चितवन- पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस खस्दा ३ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना५ख ३६८२ नम्बरको बस सडकबाट करिब २ सय मिटर तल त्रिशूली नदीमा खसेको हो।
राति १० बजे मुग्लिनबाट कुरिनटारतर्फ जाँदै गरेको मिनीबस दुर्घटनामा परेको हो। घाइतेमध्ये गम्भीर रहेका तनहुँको दमौलीका अन्दाजी २५ वर्षीय निशान परियारको कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
अन्य दुईको अवस्था सामान्य रहेको छ। उनीहरुको स्थानीय मेडिकलमा उपचार गराइएको छ।
बसमा चालक र सहचालक मात्र रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।