सिन्धुपाल्चोक- भोटेकोशी गाउँपालिका–४ स्थित अपरचाकु जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिन्डर पड्किँदा सोमबार २ मजदुरको मृत्यु भएको छ।
खाजा बनाउँदै गर्दा एक्कासी सिलिन्ड पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।
'घटनास्थलमा प्रहरी पुगिसकेको छ। अविरल वर्षाका कारण थप अनुसन्धान हुन सकेको छैन,' जिल्ला प्रहरी प्रमुख एसपी माधव काफ्लेले नेपाल लाइभसँग भने, 'घटनाका सम्बन्धमा भोलि उज्यालो भएपछि मात्र थप विवरण प्रष्ट हुन्छ।'
जुम्लाका सन्डुप लामा र दोलखाका भाइकाजी शेर्पाको मृत्यु भएको प्रहरी प्रमुख मरासिनीले बताए।
मृतकहरु भोटेकोशी गाउँपालिकामा रहेको निर्माणाधीन २२ मेगावाटको अपरचाकु जलविद्युत आयोजनाका मजुदुर भएको जनाइएको छ।
अहिले इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक यादव थापा क्षत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।