• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

५ जनाको ज्यान जाने गरी भएको जनकपुर बमकाण्डमा अन्तिम सुनुवाइ सुरु

64x64
नेपाल लाइभ सोमबार, चैत ११, २०७५  १९:५३
1140x725

जनकपुरधाम- जनकपुर बमकाण्डको अन्तिम सुनुवाइ धनुषा जिल्ला अदालतमा सुरु भएको छ।

जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलासमा मुद्दामा‍ आइतबारदेखि सुनुवाइ सुरु भएको हो।

बम विस्फोटको मुख्य योजनाकार पूर्वमन्त्री सञ्जय साह (टक्ला) रहेको दाबी गर्दै दायर मुद्दामा आइतबार सरकारी वकिल कार्यालयका न्यायाधिवत्ता शम्भु गौतमले बहस गरेका थिए । उनको बहस नटुंगिएपछि मुद्दालाई अदालतले हेर्दाहेर्दैमा राखेको छ ।

जनकपुरको रामानन्द चोकमा ७ वर्षअघि अर्थात् २०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै धर्ना स्थलमै बम विस्फोट भएको थियो। मिथिला राज्य संघर्ष समितिले राखेको धर्ना कार्यक्रममा विस्फोट हुँदा ५ जनाको ज्यान गएको थियो। अन्य ४० जना घाइते भएका थिए।

बम विस्फोटमा परी चर्चित रंगकर्मी रञ्जु झाका साथै स्थानीय झगरु मण्डल, दीपेन्द्र दास, विमलशरण दास र सुरेश उपाध्यायको मृत्यु भएको थियो। बम विस्फोटका मुख्य योजनाकार भनिएका तत्कालीन सांसद संजयकुमार साह(टक्ला) अहिले पुर्पक्षका लागि हिरासतमा छन्।

साहका साथै घटनामा संलग्न रहेको आरोपमा तत्कालीन तराई जनतान्त्रिक पार्टी मधेश नामक भूमिगत संगठनका अध्यक्ष मुकेश चौधरी, ओमप्रकाश यादव, मुकेश कर्ण लगायत व्यक्तिसमेत पुर्पक्षका लागि थुनामा छन्।

यस्तो थियो जनकपुर बमकाण्डको नालीबेली

जनकपुर बमकाण्डमा तत्कालीन सभासद् एवं सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष सञ्जय साह र तराई जनतान्त्रिक पार्टी मधेश नामक भूमिगत संगठनका अध्यक्ष मुकेश चौधरीबीच ६० लाख रुपैयाँको ‘डिल’ भएको खुलासा भएको कुरा सार्वजनिक भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सशस्त्र समूहका नाइके मुकेश चौधरी २०७० फागुनमा पक्राउ परेपछि बमकाण्डमा सभासद् साहको संग्लनताबारे खुलेको थियो। चौधरीको प्रारम्भिक बयानका आधारमा प्रहरीले पहिले ओमप्रकाश यादवलाई पक्राउ गरेको थियो। यादवले विस्फोट योजना कै सिलसिलामा साहले दिएको आठ लाख रुपैयाँ मुकेशलाई भारतमा गएर दिएको बयान प्रहरी समक्ष दिएका थिए।

स्रोतका अनुसार साहले धनुषा जिविसका सहलेखापाल जीवनाथ चौधरीलाई ‘हत्या’ गर्ने गरी बम विस्फोट गराउने योजना बनाएका थिए। त्यस बापत साहले मुकेशलाई ६० लाख रुपैयाँ दिने बाचा गरेका थिए। तर घटनामा जीवनाथ बाच्न सफल भएपछि साहले उनलाई बाचा गरेको रकम नदिएका कारण विस्फोट योजना बनाउने क्रममा साह र मुकेशबीच भएको टेलिफोन वार्ताको अडियो चुहिएको थियो। विस्फोटपछि सभासद साह र मुकेशको सम्बन्ध बिग्रिएको थियो।

मुकेशले विस्फोटको केही समयपछि आफ्नो सम्पर्कमा रहेका केही पत्रकारलाई साहले आफूलाई धोका दिएको र आफ्ना सबै मान्छे पक्राउ गराइदिएको भन्दै उनलाई सिद्ध्याइदिने चेतावनी दिने गरेका थिए। साहले पनि आफूलाई मुकेशले फसाउन खाजेको बताउँदै आएका थिए।

उनीहरूको टेलिफोनवार्ता समेटिएको समाचार बाहिर आएपछि प्रहरीले अनुसन्धान गरी उक्त वार्ता तत्कालीन सभासद साह र मुकेशकै भएको प्रमाणित गरेको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

समाचार प्रकाशित भएको ४ दिनपछि प्रहरीले सभासद साहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उनी फरार भएको भन्दै प्रहरीले पक्राउ गर्न भने सकेको थिएन।

२०७० फागुन १९ गते प्रहरीले मुकेशलाई भारतीय सुरक्षा निकायको सहयोगमा भारतबाटै पक्राउ गरेर ल्याएको थियो। मुकेशको साथबाट प्रहरीले आठवटा सिमकार्ड, एउटा ट्याब्लेट, एउटा पेस्तोल र भूमिगत संगठन सम्बन्धी केही दस्ताबेज बरामद गरेको थियो।

चौधरी पक्राउ परेपछि तत्कालीन सांसद साहको समेत पोल खुलेको थियो। चौधरी लगत्तै पक्राउ परेका ओमप्रकाश यादवले पनि जीवनाथ चौधरीको हत्याका लागि रामानन्द चोकमा संजयले विस्फोट गराउन लगाएको बयान दिएका थिए।

ओमप्रकाश यादव पक्राउ परेको सूचना पाए लगत्तै तत्कालीन सांसद संजय कोठामै मोबाइल छाडेर काठमाडौंबाट फरार भएका थिए। आफ्ना सहयोगीहरु मार्फत जनकपुरमा सम्पर्क गरिरेहको संजयलाई विस्फोट भएको दुई वर्षपछि प्रहरीले दिल्लीबाट पक्राउ गरेको थियो।

प्रहरी अनुसन्धानबाट सभासद साह र मुकेशबीच पुरानो सम्बन्ध रहेको देखिएको थियो। कल डिटेल लगायत केही प्रमाणका आधारमा साह नै सशस्त्र समूहको सञ्चालक रहेको निष्कर्ष प्रहरीले निकाल्यो।

प्रहरी अनुसन्धान अनुसार साहले प्रयोग गरेका मोबाइल ३ वटा नम्बर तथा मुकेश चौधरीले प्रयोग गरेका २ वटा भारतीय फोन नम्बरबीच दुई सय ४० मिनेटभन्दा बढी कुरा भएको थियो। विस्फोट भएको दिन उनीहरू बीच सात पटक कुरा भएको थियो। त्यस बेला एक सातामा ६५ पटक साहले चौधरीसँग कुरा गरेका थिए।

०६९ वैशाख १८ गते रामानन्द चोकमा आरडीएक्सयुक्त बम रिमोट कन्ट्रोलमार्फत विस्फोट गराउँदा मिथिला आन्दोलनसँग जोडिएका ५ जनाको मृत्यु भएको थियो । उक्त त्रासदीपूर्ण घटनाको दुई भूमिगत सशस्त्र समूहले जिम्मेवारी लिए पनि मुख्य योजनाकार पूर्वमन्त्री साह रहेको दाबी गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको थियो । कार्यालयले २०६९ जेठ २९ मा ८ जना र २०७० चैत २४ गते साह सहित ६ जनाविरुद्ध पूरक अभियोगपत्र दायर गरेको हो ।

तत्कालीन प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्याल संयोजकत्वको समितिले प्रारम्भिक अध्ययनपछि अञ्चल प्रहरी कार्यालय जनकपुरमा गरेको पत्रकार सम्मेलनमा विस्फोटमा राजनीतिक संलग्नता रहेको आशंका व्यक्त गरेका थिए। पछि सरुवा भएर जनकपुर पुगेका प्रहरी उपरीक्षक उत्तम सुवेदीले अर्याल समितिमा सदस्य रहेका तत्कालीन प्रहरी निरीक्षक गोविन्द पुरीको नेतृत्वमा विस्फोटको गुत्थी सुल्झाउन दर्जनौं अपरेसन नै चलाएका थिए।

२०६९ पुस ४ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा साहविरुद्ध परेको उजुरीमा उल्लेख छ, ‘सञ्जय साहले मधेसमा रहेका भूमिगत आपराधिक समूह र पार्टीसँग समेत साँठगाँठ राखेका छन्। त्यसमा प्रमुख हुन्, आकाश त्यागी भनिने श्रीराम यादव, पृथ्वी सिंह भनिने श्याम यादव, अर्जुन सिंह र प्रकाश विद्यार्थी भनिने मुकेश चौधरी। मुकेश र श्रीरामले भूमिगत हुनुभन्दा अगाडि पनि सञ्जय कै गुन्डागर्दीको फर्ममा कार्य गरेका थिए।’

यी भूमिगत समूहलाई परिचालन गरेर साहले जनकपुर क्षेत्रका उद्योगी, व्यापारी, निर्माण व्यवसायी, सरकारी कार्यालयका प्रमुख र अन्य कर्मचारीलाई धम्क्याई मोटो रकम असुली गर्दै आएको र रकम दिन नमाने हत्या गर्ने गरेको पनि उजुरीमा उल्लेख थियो।

२०६० जेठ ३० गते धनुषाको सखुवा महेन्द्रनगरमा डकैती गरेको आरोपमा साहलाई एक वर्ष नौ महिना कैद सजाय सुनाइएको थियो। त्यतिबेला साहको साथबाट हतियार बरामद भएपछि हातहतियार तथा खरखजाना मुद्दामा उक्त कैद सुनाइएको थियो। साहमाथि आफ्नै गाडीचालक नन्दकुमार राउतको हत्या गरेको आरोप पनि छ। राउत परिवारले साह विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेका छन्।

प्रकाशित मिति: सोमबार, चैत ११, २०७५  १९:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्