काठमाडौं– राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) महाराजगन्जमा ‘क्रिमिनल इन्टेलिजेन्स एनालाइसिस’ तालिम सुरु भएको छ।
इन्टरपोल महासचिवालयको आयोजना र इन्टरपोल नेपालको सहआयोजनामा उक्त तालिम सोमबारबाट सुरु भएको हो।
इन्टरपोल इन्भाइरोमेन्ट सेक्युरिटी प्रोग्राम अन्तर्गत उक्त तालिम सञ्चालन भएको हो। तालिममा ४ जना नेपाली, २ जना कम्बोडियन, २ जना भियतनामी, ३ जना भारतीय, २ जना मलेसियन, २ जना थाई, १ जना ब्रिटिस र १ जना फ्रेन्च गरी कूल १७ जना प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको सहभागिता रहेने छ।
तालिम १० दिनसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।