काठमाडौं– निर्वाचन आयोगको प्रमुखमा दिनेश थपलिया सिफारिस भएका छन्।
सोमबार बसेको संवैधानिक परिषद बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव थपलियालाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको हो।
उनले आजै पदबाट राजीनामा दिएका थिए।
अब संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उनले सो पदमा नियुक्ति पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।