काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का बुद्धिजीवी परिषद् भेरी–कर्णाली इन्चार्ज पक्राउ परेका छन्।
परिषद्का भेरी–कर्णाली इन्चार्ज धनराज शाहीलाई पक्राउ गरिएको कालिकोटका डिएसपी विनोद शर्माले पुष्टि गरे। नेपाल लाइभसँग कुरा गर्दै उनले भने, ‘कालिकोटकै मोल्पाबाट उनलाई पक्राउ गरिएको हो। हामी उनलाई लिएर प्रहरी कार्यालयतर्फ जाँदैछौं।’
उनी विप्लव समूहको कालिकोटका जनसरकार प्रमुख समेत भएको डिएसपी शर्माले बताए।
शाहीको साथबाट केही विस्फोटक पदार्थसमेत बरामद भएको डिएसपी शर्माले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।