काठमाडौं- सरकारले टाट पल्टिएका घरजग्जा व्यवसायी सुधीर बस्नेतसहित ३२ व्यवसायीलाई १५ दिनभित्र कर तिर्न भन्दै सूचना प्रकाशन गरेको छ।
आन्तरिक राजस्व विभाग अन्तर्गतको मध्यमस्तरीय करदाता कार्यालयले एक सूचना प्रकाशन गर्दै तोकिएको समयभित्र कर तिर्न आउन निर्देशन दिएको हो। कार्यालयले बस्नेतको कोहिनूर हिल हाउजिङ र ओरियन्ट विल्डर्स एन्ड डेभलपमेन्ट प्रालिलाई कर तिर्न आउन भन्दै सूचना प्रकाशन गरेको छ।
यसैगरी कार्यालयले सिटी बस्ती विकास कम्पनीका मालिक इच्छाराज तामाङ, इको इन्फ्रा विल्डर्स प्रालिका शान्तबहादुर लामा, अखिलेशकुमार कर्णको परी फलफूल तथा तरकारी स्टोर र हाङजो कालिका जेभीका बलराम महत्तो सहितका ३२ व्यवसायीलाई कर चुक्ता गर्न भन्दै सूचान प्रकाशन भएको छ।
१५ दिनभित्र कर चुक्ता नगरे आयकर ऐन २०५८ अनुसार कारबाही तथा रकम असुली गर्ने सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।